यी हुन् आज नेप्सेमा १० प्रतिशतका दरले कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.०७ अंकले बजार घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतका दरले कमाएका छन्। आज एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माइन्टेड हाइड्रो नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९१ प्रतिशत, ट्रेड टावरका लगानीकर्ताले ९.२५ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै आज नेशनल हाइड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगाीकर्ताले आज ३.१२ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, कालीका पावर कम्पनीको २.९६ प्रतिशत, ज्योति विकास बैंकको ९.९५ प्रतिशतका दरले गुमाएका छन्।

त्यससँगै, आज हिमालयन पावर पार्टनरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै,आँखु खोला जलबिद्युतको ५६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख रुपैयाँ शेयर कारोबार भएको छ।