‘अबको सरकारले सार्वजनिक सम्पत्तिको बीमाबाट काम सुरु गर्नुपर्छ’


काठमाडौं – जीवनस्तरसँग बीमालाई मिलाउनुपर्ने छ। बीमालाई आवश्यक बनाउनुपर्छ। दबाबले बीमा गर्ने भन्दा आवश्यकता बुझाउनेतर्फ लाग्नुपर्छ। यसको लागी सबैभन्दा पहिले नेपाल बीमा प्राधिकरणको डिजिटलबाटै भुक्तानी गर्नुपर्ने भन्ने निर्देशिका आएका छन्। यस व्यवस्था स्वीकारयोग्य छ। निर्जीवन बीमा कम्पनीमा दाबी भुक्तानीमा निकै ठुलो समस्या देखिन्छ। दाबी भुक्तानीलाई हामीले डिजिटाइजेशन गर्न सक्यौँ भने मानिसहरूले छिटाभन्दा छिटो दाबीको भुक्तानी पाउन सके भने सकारात्मकता बढ्दै जान्छ। सकारात्मकता बढाउँदै गएपछि प्रवेश पनि बढाउँदै जान सकिन्छ।

हाम्रो देशको भौगोलिक अवस्थाका कारण गाउँसम्म गएर बीमा गर्नका लागी एजेन्ट जानुपर्छ। जान आउन कै लागी बढी समय खर्चिनुपर्ने अवस्था छ। जसमा पनि दाबीको कागजपत्र मिलाउनका लागी थप समय लाग्ने समस्याहरू छन्। त्यसका लागी हामीले इन्सुरटेक जस्तो प्रविधिको प्रयोग गरेर समस्या समाधान गर्न सक्छौँ। एआई प्रयोग गरेर युनाइटेड अजोड इन्स्योरेन्सले पायलट परियोजना पनि गरिरहेको छ।

त्यस उपकरणले प्रमाणित गरेपछि मात्रै दाबी भुक्तानी गर्ने प्रविधिको अभ्यास गरिरहेका छौँ। मानिसहरूमा बीमा भनेको विलासिता भन्ने धारणालाई आवश्यकतामा हामीले परिवर्तन गर्न सक्यौँ भने धेरै नै यसको धारणा रहन्छ। बीमाको दाबी भुक्तानी पनि डिजिटल माध्यमबाट दिन सकिन्छ। यसको लागी सबैभन्दा पहिले पूर्वाधारहरू तयार हुनुपर्छ। बीमा भन्ने बित्तिकै दाबी नै पाइँदैन भन्ने विषय उठ्छ। तर, किन र के कारण दाबी भुक्तानी हुँदैन भनेर कसैले पनि बुझेको हुँदैन।

बीमाको पोलिसी खरिद गर्दा राम्रोसँग पढेर लिने अभ्यास नै छैन। निर्जीवन बीमक कम्पनीले कुनै सम्पत्तिको बीमा गर्दा बैंकले जति मूल्यले जतिको ऋण लिएको छ। त्यसको मात्रै बीमा गर्ने चलन छ। वास्तविक मूल्य एक करोड छ भने ५० लाख ऋण लिँदा ५० लाखको मात्रै बीमा गर्ने प्रचलन छ। दाबी भुक्तानीको समयमा भ्यालुएसन गर्दा एक करोडको सम्पत्ति हुन्छ। त्यसपछि अन्डर इन्स्योरेन्स लाग्छ। यो अन्डर इन्स्योरेन्स किन लाग्यो भन्ने विषय बुझेको हुँदैन। यसको मतलब जनचेतनाको अभाव छ। यसको लागी हामीले बीमा बुझाउनुपर्छ।

बैंकहरुले बीमा गर्दा जम्मा सम्पत्तिको बीमा गर्नुपर्छ। कर्जा रकमको मात्रै बीमा गर्न भएन। यी विषयलाई पहिले नै मिलाएर गर्ने हो भने बीमा गरेपछि दावी भुक्तानी नपाउने भन्ने हुँदैन। तर, डकुमेन्टेसन राम्रोसँग हुनुपर्छ। हामीले प्रविधिको प्रयोगको कुरा उठाउँदा पूर्वाधारमा हामी कति तयार छौँ भन्ने कुरा बुझ्नुपर्नेछ। जेनजी आन्दोलनका क्रममा त्यतिका सम्पत्ति ध्वस्त भए तर बीमा भएको छैन। अबको सरकारले सार्वजनिक सम्पत्तिको बीमाबाट सुरु गर्नुपर्नेछ। बीमा पोलिसी किन्न बेच्न पूर्वाधारमा हामी तयार छौँ। डिजिटलका विषयमा ग्राहकलाई साक्षर छन् छैनन् भन्ने विषयमा काम गर्न जरुरी छ।

(युनाइटेड अजोड इन्स्योरेन्स कामु सीईओ रिजालले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको चाैथाे सत्र इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै विषयक सत्रमा राखेकाे विचारमा आधारित)