‘प्रविधिको प्रयोग गरेर न्यून आय भएका मानिसहरूलाई पनि बीमामा समेट्न सकिन्छ’


काठमाडौं – भुक्तानी क्षेत्रको रूपान्तरण गर्ने समयमा कस्ता विषय साधक भएका थिए भन्ने विषयबाट सुरु गर्न चाहन्छु। त्यस समयमा भर्खर भर्खरै मोबाइलको सुरुवात भएको अवस्था थियो। ३ हजार ३५ सयमा मोबाइल फोन किन्न पाइन्थे। नेपाल टेलिकम, एनसेलले सबैतिर टावर निर्माण गर्न थालेका थिए। रिचार्ज खरिदका लागी पसलसम्म पुग्नुपर्ने अवस्था थियो। रिचार्ज कार्ड ५ सय, एक हजारदेखि २ हजारको पाइन्थे। मोबाइल फोनको २० प्रतिशत पैसाको रिचार्ज किन्न पसलसम्म पुग्नुपर्ने थियो।

मोबाइल फोनको पहुँच तल्लो तहमा पुग्दा पनि रिचार्जको पहुँचका केही चुनौती थिए। टेलिकम अपरेटर्सहरुले राम्रो स्ट्राटेजी ल्याए। त्यो रिचार्जकाे साइज १० रुपैयाँ ५ रुपैयाँसम्मको ल्याए। ५, १० का रिचार्ज गर्दा कार्ड निर्माण गरेर बजारसम्म वितरण गर्दा त्यसको लागत बढी भयो। यो सस्टेनेबल नाफामा रहेका टेलिकमका लागी पनि भएन।

त्यसैले उनीहरूले भुक्तानी सेवा प्रदायक (पीएसपी)सँग सहकार्य गरेर रिचार्ज कार्डलाई डिजिटाइज गरे। अब मोबाइल फोनमा खल्ती जस्तो एपबाट सजिलै रिचार्ज किन्न सकिन्थ्यो। र, मोबाइलमा रिचार्ज गर्न सकिन्थ्यो। समस्या कसरी समाधान गरियो भन्दा पिरामिडको बटनमा मोबाइल फोन पेनिट्रेसनसँगै टेलिकम सर्भिसको पेनिट्रेसन ल्याउन ठुलो टिकट आकरलाई सानो टिकटमा रूपान्तरण गरियो। यस्तै, नेपाल विद्युत् प्राधिकरणले पनि घरमा बिल आएपछि लाइन बसेर पैसा तिर्नुपर्ने जसमा पनि पूरा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो। प्राधिकरणले पनि बिल भुक्तानीको इकोसिस्टमलाई डिजिटलाइज गर्‍यो। प्राधिकरणले भुक्तानी सेवा प्रदायकको एप तथा बैंकहरुको एपबाट भुक्तानी गर्न मिल्ने बनायो। प्राधिकरणले बिल भुक्तानीलाई पहुँचयोग्य बनायो।

यसैगरी, हामीले सहयोग गर्न सक्ने भनेको यदि ठुलो आकारको बीमा प्रडक्टहरूलाई ‘ब्रेक डाउन’ गरेर सानो आकारमा ल्याउन सक्यौँ भने सहजै हामी भुक्तानी सेवा प्रदायकको इकोसिस्टमबाट अथवा डिजिटल च्यानलको इकोसिस्टमबाट ठुला जन तथा मानिसहरूमा पुर्‍याउन सहज हुन्छ। यसो नभए ठुला आकारका बीमाका प्रडक्टका आफ्नै समस्याहरू छन्।

जसलाई भौतिक अन्तरक्रिया आवश्यकता पर्छ। भौतिक अन्तरक्रिया आवश्यकता हुने बित्तिकै अहिले ग्रहणको जुन जटिलता छ। त्यो ग्रहण गर्न सकिँदैन। त्यसैले बीमा प्रडक्टलाई मध्यम आकारमा ल्याउनुपर्छ। यसका लागी इनोभेसन कसले गर्ने भन्ने विषय आउँछ। प्रडक्ट जुन कम्पनीको छ उसले नै इनोभेसन गर्नुपर्छ। हामी त च्यानल मात्रै हो। प्रविधिको प्रयोग गरेर न्यून आय भएका मानिसहरूलाई पनि बीमामा समेट्न सकिन्छ।

(खल्ती वाइ आईएमईका सीईओ रेग्मीले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको चौथो सत्र इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै विषयक सत्रमा राखेको विचारमा आधारित)