काठमाडौं – क्युआर सबै थोक नभई भुक्तानीलाई सहजीकरण गर्ने माध्यम मात्रै हो। क्यूआर ठुलो कुरा होइन। तर, त्यसको सिस्टम जति पनि छन्। क्युआर चलाउन, बुझ्न र यसबाट भुक्तानी गर्नका लागी जति पनि सिस्टमहरू छन्। ती डिजिटल माध्यमबाट हुन्छ। यी सामान्य कुरा हुन्।
एक दिनमा २२ लाख ट्रान्जेक्सनमा ५ अर्ब बढीको क्यूआरको माध्यबाट हुने गरेको छ। यो हुनुको कारण यसभित्रको सिस्टम र प्रक्रिया पनि अनलाइनको माध्यमबाट नै भएको छ। बैंकिङ्ग क्षेत्रमा आजको दिनमा भुक्तानी फिनटेकको एक पाटो पे टेक थियो भने एउटा पाटो भनेको इन्सुरटेक पनि हो। धेरै पाटोहरूमध्ये पे टेकमा हामीले फड्को मारिरहेका छौँ। अहिले पैसा बोक्न छाडिसकेको अवस्था छ। मोबाइल भए पुग्ने अवस्थामा हामी छौँ।
यो अवस्था आएको फोन पे ले मात्रै गरेर भएको होइन। यस्तै, यसका लागी बैंकिङ्ग सिस्टम, वित्तीय सिस्टमले गरेको तयारीले यसलाई सहयोग गरेको हो। इन्सुरटेकमा पनि हाम्रो बुझाई के हो भने बीमाको पोलिसी बेच्ने प्रक्रिया, पोलिसी किन्ने प्रक्रिया र आन्तरिक प्रक्रियाहरू जबसम्म डिजिटाइजेशन हुँदैन। भुक्तानी ‘लेअर’ मा रहेर हुने भएकाले यस लेअर बनाउन बाँकी छ।
यसमा काम भइरहेको छ। तर, जुनले बैंकिङ्ग सिस्टममा भएको छ। त्यसले बीमा क्षेत्रमा नभएको अवस्था हो। जुन दिन फाउन्डेसन तयार हुन्छ। फोन पे ले फाउन्डेसन बनाउन धेरै काम गर्न सक्दैन। फाउन्डेसन तयार भएपछि त्यसलाई मुक्त गरेर नेपाललाई ‘क्यास लेस’ भुक्तानीको लक्ष्यमा पुग्न सक्छौँ। यसमा लगानी गर्न फोन पे तयार छ। तर, बीमा क्षेत्र तयार नभएसम्म फोन पे ले सहयोग गर्न सक्दैन।
साना ग्राहकको साना कारोबारलाई डिजिटाइज गरेर ल्यायौँ। त्यसले गर्दा हामीले खोजेको इकोसिस्टम बन्यो। हाम्रो अनुभवअनुसार बैंकिङ्ग र भुक्तानी सधैँसँगै आउँछ। हरेक कामको पैसा तिर्नपर्ने हुँदा भुक्तानी अनिवार्य छ। र, पैसा तिर्न पेमेन्ट इकोसिस्टमले काम गर्छ। बीमा कम्पनीले आफूले गर्ने काम गर्नुपर्ने नै हुन्छ। पेमेन्ट सिस्टम प्रोभाइडरले धेरै सहयोग गर्न सक्दैन। नयाँ अवधारणाहरू आइरहेका छन्। फोन पे जस्ता जति पनि कम्पनी छन् यिनीहरू नेटवर्क मात्रै हुन्। नेटवर्कले गर्ने भनेको बैंक तथा वित्तीय संस्थाहरूलाई जोड्ने काम गर्छ।
बैंक तथा वित्तीय संस्थाको भुक्तानीमा हामीले यस प्रक्रिया अघि बढाएर काम गर्यौँ। तर, दायरा बिस्तारको काम हामीले गर्नुपर्नेछ। अहिले तथ्यांक साट्ने र सूचना साटफेरका विषयहरू आइरहेका छन्। हामीले भुक्तानीलाई अन्तरक्रियात्मक बनायौँ भने तथ्यांकलाई पनि अन्तरक्रियात्मक बनाउन सक्छौँ। यो अवधारणालाई हामीले बैंकिङ्ग क्षेत्रमा पनि राखिरहेका छौँ। सामान्यतया बैंकमा बसिरहेको तथ्यांक बैंकको हो भन्ने बुझिन्छ। तर, त्यो व्यक्तिको मात्रै तथ्यांक हो त्यो बैंकको होइन।
तथ्यांकको नयाँ अवधारणामा बैंकिङ्ग क्षेत्रमा पनि नियमनमा हेर्नुपर्छ भनेपछि कसैलाई दिन मिल्दैन भन्ने आयो। तर, ग्राहकले नै मागेको खण्डमा डिजिटल प्लेटफर्मबाट आयो भने पनि दिनुपर्छ भन्ने आएको छैन। त्यसले गर्दा डिजिटल माध्यमबाट तथ्यांक आस गरिन्छ। त्यो पाइरहेको छैन।

यहिँ अवधारणा बीमासँग जोड्दा अस्पतालले तथ्यांक दिइरहेको छैन। ग्राहकले दावी गरिरहेको छ भने ग्राहकको तथ्यांक ग्राहकले माग गरेको खण्डमा त दिनुपर्यो। ‘डेटा एक्सचेञ्ज प्लेटफर्म ’हरु बन्दैछन्। यस अवधारणालाई हामीले बैंकिङ्ग क्षेत्रबाट सुरु गरिरहेका छौँ। हाम्रो दृषिकोणमा पनि बैंकिङ्ग क्षेत्रलाई मात्रै नभई समग्रलाई समेट्ने प्रयास रहनेछ।
बीमाले लगानीलाई सहयोग गर्नसक्छ भनेपनि कुनै बैंकको लगानीको निर्णय लिन बीमामा उसको पोलिसीको व्यवहार कस्तो छ त्यसले सहयोग गर्न सक्छ। भारतमा पनि बैंकको नियामक, पुँजी बजारको नियामक र बीमा कम्पनीको नियामक बसेर डेटा शेयरिङ प्ल्याटफर्ममा काम गरिरहेको अवस्था छ।
फोन पेसँग भएको तथ्यांकपनि एक स्रोत हो। यो स्राेत बैंक तथा बीमा कम्पनी सबैले लिन सक्छन्। तर, एउटा मात्रै स्रोतभन्दा पनि धेरै स्रोतहरूलाई तयार गरेर हरेकले चाहेको समयमा त्यस तथ्यांक प्रयोग गर्न पाउनुपर्ने प्लेटफर्मकाे परिकल्पना हो। बैंकिङ्ग क्षेत्रले कुनै धारणाबाट सुरु पनि गरेको छ। हरेक व्यक्तिको डेटा शेयर गर्दा गोपनीयताका विषय आइरहेका छन्। व्यक्तिगत विवरण गोप्य हुनुपर्छ। तर, गोपनीयताको नाममा सबै बन्द गर्न पाइँदैन।
(फाेन पेका सीईओ सापकोटाले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको चाैथाे सत्र इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै विषयक सत्रमा राखेकाे विचारमा आधारित)





About Us
प्रतिक्रिया