आज ५ हजार २ सय रुपैयाँले बढ्दै तोलाको ३ लाख ९ हजार रुपैयाँ पुग्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ३ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २८५ रुपैयाँले बढेर तोलामा ६ हजार ७६५ रुपैयामा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।