‘बैंकासुरेन्समा गलत अभ्यास भन्दै नियमनको सट्टा बन्द गरियो’


काठमाडौं – बीमा क्षेत्र र बैंकिङ्ग क्षेत्र एक अर्काका पूरक हुन्। बीमा क्षेत्र र बीमाका प्रडक्ट नभएका भए बैंकिङ्ग क्षेत्र अगाडी बढ्न सक्दैन थियो। आज बैंकिङ्ग क्षेत्रको शाखाको नेटवर्क जति छ। ६ करोड बैंक खाता छन्। २० लाख ऋणी छन्। जसमा आधुनिक प्रडक्टहरू आइरहेका छन्। तर, यी सबैलाई समेटेर कभरेज बढाउने कुरामा हामी चुकिरहेका छौँ। जुन ५० प्रतिशतका कुराहरु आइरहेका छन्। यो क्षेत्रलाई हामीले बैंकासुरेन्सको माध्यमबाट नै सक्षम बनाउनुपर्छ। 

अहिले महानगरपालिकामा बैंकहरुलाई शाखा घटाउन एक निर्देशन आएको छ। एनआईशी एशिया बैंकको नै कुरा गर्दा ६ वटा महानगरपालिकामा ७९ वटा शाखा छ  ४ सय वटा कारोबार हुने ब्रान्चका एक सय वटा कारोबार भएको अवस्था छ। जसले बैंकसँग भएको स्रोत खाली रहने हुन्छ। जुन स्रोतलाई बैंकासुरेन्समा लगाउन सकिन्छ। 

त्यसैले, समन्वय गरेर दुवै नियामक निकाय राष्ट्र बैंक र बीमा प्राधिकरणको सहयोगमा अघि बढ्यौं भने मिस सेल, फोर्स सेललाई ह्यान्डल गर्न सक्छौँ। बैंकासुरेन्स खुल्ला भएको समयमा मिस सेल, फोर्स सेलका विषयहरू अभ्यासमा थिए। त्यस हुँदा छोटो समयको आम्दानी बैंकहरुमा आइरहेको अवस्था थियो। बैंकासुरेन्स हुँदा छोटो समयमा हामी खुसी भयौँ। यस क्षेत्रले नियमनका पाटोमा आफैले पनि सोच्नुपर्ने छ। 

बैंक तथा वित्तीय संस्थाले आफ्नो काम बिर्सेर बैंकासुरेन्समा मात्रै लाग्ने स्थिति भने आउनु हुँदैन। आचारसंहिताका विषयहरू, अनुशासनका विषयहरूका विषयमा पनि ध्यान दिनुपर्छ। पोलिसी बिक्री हुँदा आफ्ना स्रोत बैंकासुरेन्समा मात्रै प्रयोग भए नभएको पनि ख्याल गर्नुपर्छ। यस्तो गर्न सके ५० प्रतिशतको अहिलेको अवस्थालाई बैंकिङ्ग क्षेत्रको सहयोग भए ७० को प्रतिशतमा लैजान सक्छौँ। तर, नियमन अत्यन्तै आवश्यक हुन्छ।

बैंकासुरेन्समा गलत अभ्यास भयो भनेर त्यसलाई नियमन गर्नुको सट्टा बन्द नै गरिदियौँ। राम्रो नियमन गर्ने हो भने यसले बैंक र बीमा क्षेत्रमा सहयोग गर्छ ग्राहकहरू सधैँ बैंकसँग बढी नजिक छन्। बीमाको तुलनामा बैंकसँग ग्राहक बढी नजिक छन्। त्यसलाई हामीले लिएर दुवै क्षेत्रलाई लिएर सकारात्मक नतिजा आउने खालको काम कसरी गर्न सकिन्छ भनेर बुझ्नुपर्छ। सतर्कतासहित नयाँ नियमनलाई लिएर खुल्ने अवस्था आयो भने बैंकले व्यावसायिक रणनीति बनाएर अगाडी बढ्न सक्छ।

(एनआईसी एशिया बैंकका सीईओ शाक्यले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको पहिलाे सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा राखेकाे विचारमा आधारित)