काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा। विश्वास बस्नेत पछिल्लो समय सामाजिक–राजनीतिक आन्दोलनमा सक्रिय अभियन्ताका रूपमा परिचित छन्। उनी विशेषगरी जेन–जी आन्दोलनका अग्रपंक्तिका अभियन्ताका रूपमा चिनिन्छन्।डा.बस्नेतले नेपालको चुच्चे नक्सा जारी गर्न दबाब सिर्जना गर्ने अभियानमा सक्रिय सहभागिता जनाएका थिए।
त्यस्तै, कोरोना महामारीका बेला ‘इनफ इज इनफ’ आन्दोलनमा सक्रिय नेतृत्व गर्दै नागरिक अधिकारका पक्षमा आवाज उठाएका उनी नेपाली विद्यार्थीको मेडिकल इन्टर्नशिप हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका छन्। हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा पनि डा. बस्नेत अग्रपंक्तिमा देखिएका थिए।
आन्दोलनको पहिलो दिन उनले बिजुलीबजार–बानेश्वर क्षेत्रमा प्रहरी घेराबन्दीमा परेका सयौं युवाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेतृत्व गरे।त्यसैगरी दोस्रो दिन, आन्दोलनकै बीचमा उनले प्रहरीलाई जोगाउनुका साथै भक्तपुरस्थित भाटभटेनी र कान्तिपुर अस्पताललाई सुरक्षा प्रदान गरे। साथै, उनले ठूलो भीडलाई विमानस्थलतर्फ जानबाट रोक्दै महान्यायाधिवक्ताको कार्यालयमा हुन सक्ने थप क्षति रोक्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
जेन–जी आन्दोलनका वास्तविक एजेण्डा राज्यले नसुनेको र परम्परागत राजनीतिक दलहरूले नबोकेको दाबी गर्दै डा। विश्वास बस्नेतले काठमाडौं–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले युवा पुस्ताको आवाज, पारदर्शिता र उत्तरदायी राजनीतिका लागि चुनावी मैदानमा उत्रिएको बताएका छन्।





About Us
प्रतिक्रिया