काठमाडौं – नेपाल जीवन बीमक संघले राष्ट्र बैंकबाट बैंकासुरेन्सको मुद्दामा चासो आएपछि जीवन बीमामा के छ अवस्था भनेर बुझ्न एक अध्ययन गरेको थियो। अध्ययनको प्रतिवेदनसहित नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकमा राय पनि दिएका थियौँ।बैंकासुरेन्स प्रक्रिया भनेको बीमाको बिक्री प्रक्रिया बैंकबाट हुने हो। नेपालमा २०६६ सालदेखि अवलम्बन गरेका थियौँ। त्यो एजेन्सी मोडल थियो। संस्थागत अभिकर्ताको रूपमा बैंकले बीमाका प्रडक्टहरू बेच्ने र त्यसलाई नै बीमा कम्पनीहरूले अगाडी बढाएको अवस्था थियो। जसमा केही समस्या, चिन्ताका विषयहरू सिर्जना भए। ती कुराहरू आएपछि जीवन बीमामा पनि बढी कुराहरू आएका थिए।
अभिकर्ताहरूबाट छुट्टै चिन्ता आएको थियो भने सेवाअनुसारको कम्पनी छनोट गर्ने विषयमा, सेवा दिने कम्पनीको विषयमा, सेवा लिएपछि सेवाको निरन्तरता दिने विषयमा छुट्टै चिन्तन सुरु भएको थियो भने नियमनका विषयमा पनि कुराहरू आएको थिए। जुन बीमाका प्रडक्टको विषयमा बीमाको नियमनका विषयमा मुद्दाहरू उठेको थियो भने बैंकिङ्ग नियमनको बैंकका ग्राहकको विषयमा पनि कुराहरू आएको थियो। जसका राष्ट्र बैंकले बैंकका ग्राहकहरूमा बीमाको प्रडक्ट मिस सेलिङका कुराहरूमा चासो राखेको थियो।
बैंकासुरेन्सको विषयलाई हेर्दा बैंक र बीमा कम्पनी सहकार्यमा आधारित मोडल हो। बैंकहरुले पनि नाफाका लागि काम गर्न सक्ने र बीमा कम्पनीले पनि बिजनेसलाई सहजीकरण गर्न सक्ने माध्यम हो। बैंकबाट जाँदा बीमाको जनचेतनामा पनि सहयोग गर्छ भन्ने हामीलाई लागेको हो। दुई वटा छुट्टाछुट्टै नियमनकारी निकायले छुट्टै परिधिभित्र बसेर काम गर्ने सन्दर्भमा रेगुलेटरी फ्रेमवर्क बिना कसरी जाने भन्ने विषय अन्योलको विषय छ। २०७६ सालमा आएको मौद्रिक नीतिबाट बीमा कम्पनीमा लघुवित्तलाई बाहेक अन्य बैंक वित्तीय संस्थालाई अधिकर्ता बनेर काम गर्न प्रतिबन्ध छ।

परम्परागत रूपमा बीमा वितरण गर्ने, बीमालाई प्रक्रियागत रूपमा अगाडी बढाउने अभिकर्ताले हो। अभिकर्ताबाट गर्ने व्यवसाय र बैंकासुरेन्सबाट गर्ने व्यवसायलाई तुलना गर्न मिल्दैन। अभिकर्ताले बढी जोखिममा बीमा गर्ने कुरा एकातिर भयो भने बैंकासुरेन्स प्रक्रिया बैंकबाट बीमाका प्रडक्ट बैंकका ग्राहकहरूलाई बिक्री गर्ने प्रक्रिया हो। मुख्य कुरा कोर बैंकिङ्ग प्रणालीभित्र रहेका ग्राहकलाई बीमाको सेवा उपलब्ध गराउँदा त्यसको गुणस्तर कम हुन्छ भनेर मापन गर्न सकिँदैन।
प्रडक्टको विकास गर्ने विषय अहिले डिजिटल रूपमा र भौतिक रूपमा दिने प्रडक्टहरूमा लागतको विषय पनि आउँछ। कम लागतमा बीमाका पोलिसि बिक्री गर्ने विषय अन्तर्राष्ट्रिय बजारमा नै प्रक्रिया सुरु भएको अवस्था छ। हामी डिजिटाइजेशनको त्यो अवस्थामा पुगिसकेको अवस्था छैन। जसकारण प्रडक्ट विशिष्टीकरण गरेर जान सकिन्छ। बैंकहरुले आफ्ना बैंकहरुलाइ बीमा पोलिसि अफर गर्दा दुई तीन वटा मोडल हेरेको पाइन्छ। एउटा, ग्राहकलाई अन बोर्ड गर्ने समयमा छोटो समयको थोरै लागतको अफर गर्ने, खाता सञ्चालन गर्दा बीमा कभर छ भन्ने तर पछि नहुने, ग्राहकहरूलाई फोर्सले प्रडक्ट दिने गरेको पाइन्छ।
गुणस्तरको हिसाबले हामीले यस विषयको उठान गर्नुपर्ने छ। बैंक तथा वित्तीइ संस्थाहरुलाई अन्य फ्रोमवर्क नबनेको समयमा संस्थागत अधिकर्ताको रुपमा मात्रै काम गर्न दिइएको हो। बैंकासुरेन्सको अरु मोडलमा कुनैपनि फ्रेमवर्क बनेको छैन।बैंकासुरेन्स मोडलमा स्पष्टता हुन आवश्यक छ। यसमा दुई वटा नियामक निकाय रहने स्थिती हुन्छ। यसमा नियमन गर्ने तरिका स्पष्ट हुनुपर्छ। बीमाको पक्षमा बीमा गरिसकेपछि कम्पनीले दावी भुक्तानी दिनुपर्छ। त्यसमा दुईमत भएन।
सँगसँगै बीमा पोलिसि अफर गर्ने बैंकले पनि नविकरण नहुँदा फेरी समस्या हुने भयो। जसका कारण ग्राहको संरक्षणलाई पनि ध्यान दिएर सन्तुलित गर्नुपर्ने छ। बैंकासुरेन्स मोडल बनाएर बैंकको नियामक, बीमाको नियामक र बैंक तथा बीमा कम्पनीहरु मिलेर अगाडी जान सक्यौ भने हामीले बीमा ऐनमा नै रहेर जान सक्छौं। नयाँ बीमा ऐनले बीमा वितरणको नयाँ च्यानलको परिकल्पना गरेको छ।
(सन् नेपाल लाइफका सीईओ अर्यालले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको पहिलाे सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा राखेकाे विचारमा आधारित)





About Us
प्रतिक्रिया