काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ४०० रूपैयाँ र चाँदी दुई सय ९० रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० रूपैयाँ त्यति नै चाँदीको मोल छ हजार ४८० रूपैयाँ कायम भएको छ। गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० रूपैयाँ र त्यति नै चाँदीको मोल छ हजार १९० रूपैयाँ कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





About Us
प्रतिक्रिया