‘राष्ट्र बैंक, बीमा प्राधिकरण, बैंक र बीमा कम्पनीबिच समन्वय हुन सके बैंकासुरेन्सको गाँठो फुकाउन सकिन्छ’


काठमाडौं – नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, बैंक र बीमा कम्पनीबिच समन्वय गर्न सके मात्रै बैंकासुरेन्स समाधान निस्किन्छ। यहीँ समन्वयबाट बैंकासुरेन्सको गाँठो फुकाउन सक्छौँ। बैंकासुरेन्सको गाँठो फुकाउने क्रममा ग्राहकलाई केन्द्रमा राखेनौ भने यसको सही समाधान निस्किन सक्दैन। बैंकिङ्ग क्षेत्रले जति पनि सर्वसाधारणका लागी वित्तीय अप्लिपमेन्टका लागी काग गर्छन्। बैंकहरुले ग्राहकलाई केन्द्रमा राखेर काम गरिरहेका छन्। 

फाइनान्सियल अप्लिपमेन्ट हुँदै जाँदा जब बैंकले नसोचेको स्थिति पैदा हुन्छ। त्यस समयमा व्यवस्थापन गर्ने उपकरण भनेको बीमा बाहेक केही छैन। फाइनान्सियल अप्लिपमेन्टलाई निरन्तरता दिनका लागी बैंक र बीमा सँगै आएपछि मात्रै कुनै पनि व्यक्तिको जीवनको वित्तीय पूरकको समाधान हुनसक्छ। त्यसको आधार नै बैंकासुरेन्स हो। बैंक र बीमा कम्पनी मिलेर एउटा ग्राहकको पूरा वित्तीय पूरकको समाधान दिने। 

यसक्रममा २०७६ मा किन बन्द भयो भन्दा मेट लाइफमा फरक किसिमको मोडल छ। भारतमा सन् २००० मा सुरु भएको बैंकासुरेन्सले ५० देखि ६० प्रतिशत ओगटेको छ। भारतमा एलआईसीले गर्दै आएको एजेन्सी विजनेश सँगसँगै आज बैंकले त्यति योगदान गरिरहेको छ। सन् २००० मा सुरु गरेकोमा २५/२६ मा आइपुग्दा यो अवस्थामा छ। हामीले सन् २००६ मा शून्यबाट सुरु गरेका थियौँ। सन् २०१९ मा पुग्दा ८ देखि १० प्रतिशत योगदान गरेको थियौँ भनेपछि सन् २०१९ देखि २०२६ सम्म आउँदा यो विकासलाई पूर्ण रूपमा अन्त्य गर्‍यौँ । 

अन्तर्राष्ट्रिय बजारमा नै बैंकासुरेन्स विकास भइरहँदा, यसको योगदान बढ्दा हामीले अब फेरि सुरुदेखि नै जानुपर्ने अवस्था छ। अब सूरुमा जानका लागी ढिला नगरी नियमनकारी निकायले पनि यसको समाधान खोजोस्। जति पनि अन्तर्राष्ट्रिय बजारका बैंकासुरेन्सहरु छन्। त्यसमा बैंकहरुबाट बिक्री गरिने प्रडक्टहरू फरक नै हुन्छ। नियमित प्रडक्ट हुँदैनन्।

बैंक र बीमा कम्पनी मिलेर आफ्ना ग्राहकलाई फरक किसिमको प्रडक्ट हामीले दिन सक्यौँ भने ग्राहकका समस्या पनि समाधान हुन्छ। बैंकासुरेन्सलाई मूल्यवान् सेवाको रूपमा पनि प्रयोग गर्न सकिन्छ। तर, बैंकासुरेन्स मूल्यवान् सर्भिस मात्रै होइन। यसमा सामान्य प्रडक्ट पनि बिक्री गर्न सकिन्छ। एसियामा बैंकासुरेन्स निकै सफल रूपमा अघि बढेको छ। चाइना, इन्डिया, जापानमा बैंकासुरेन्सको अभ्यास सफल भएको छ । 

सुरुवातको क्रममा अफ्ठेरो स्थिति आउँछ। तर, त्यसलाई हामीले पूर्ण रूपमा बन्द गर्ने होइन। यसलाई नियन्त्रण गर्ने साधन प्रयोग गरेर सुधारेर अघि बढ्न आवश्यक छ। नियन्त्रण गर्ने साधन प्रयोग गरेर सुधारेर अघि बढ्नु महत्त्वपूर्ण विषय हो। नियन्त्रण गर्ने साधन बनाउन प्रिमियममा मात्रै प्रतिस्पर्धा गर्ने होइन। गुणस्तरमा पनि प्रतिस्पर्धा हुन आवश्यक छ। मात्रा र गुणस्तर महत्त्वपूर्ण विषय हो। मात्रा र गुणस्तरका लागी जबाफदेहिता निकै महत्त्वपूर्ण हुन्छ। यसमा प्राधिकरण, राष्ट्र बैंक र बैंक तथा बीमा कम्पनीको जबाफदेहिता आवश्यक हुन्छ। 

सरोकारवाला पक्षहरु मिलेर बैंकासुरेन्स नियमन निकाय बनाउन सकिन्छ। जसमा प्राधिकरण र राष्ट्र बैंकको विशेष भूमिका रहन्छ। ग्राहकहरूलाई मूल्यवान् सेवा प्रवाह गर्न सकिन्छ। मेट लाइफसँग पनि थुप्रै प्रडक्टहरू छ। जुन मूल्यवान् सेवाका रूपमा वितरण गर्न सकिन्छ। 

बैंकासुरेन्स नहुँदा केही चुनौती आएका छन्। ग्राहकको समस्याको समाधान हामीले गर्नुपर्छ। ग्राहकहरुले एकै ठाउँबाट सबै वित्तीय सेवाहरु चाहिरहेका छन्। यस क्रममा स्थापित भइसकेको बैंकहरुबाट नै बीमाको प्रडक्ट बेच्दा वितरण खर्च पनि कम हुन जान्छ। यसको फाइदा ग्राहकले समेत पाउँछन्। 

बीमा क्षेत्रमा १० प्रतिशत योगदान पुगिसकेको थियो भने बैंकहरुमा ब्याजदर कम भएको समयमा बैंकहरुको ठुलो पुँजी लगानी गरिरहेको समयमा बैंकासुरेन्स आम्दानीको स्रोत पनि हो। बैंकासुरेन्स बन्द हुँदा ग्राहकले पनि यसको फाइदा लिन सकेको छैन। बीमा कम्पनीले पनि र बैंकले पनि यसको फाइदा लिन पाएका छैनन्। यो बन्द भएको अवस्था जुन छ। यो सबै पक्षका लागी नकारात्मक विषय हो। जसकारण बैंकासुरेन्स बजारमा ल्याउन जरुरी छ।

(मेट लाइफका महाप्रबन्धक श्रेष्ठले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको पहिलाे सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा राखेकाे विचारमा आधारित)