काठमाडौं – कुनैपनि प्रडक्ट सफलतापूर्वक लामो समयसम्म जानलाई दिगो हुनुपर्छ। हाम्रो स्वास्थ्य बीमामा सामाजिक सुरक्षाको तत्त्व पनि जोडिन्छ। त्यसैले गर्दा ‘प्राइसिङ’ गरिएको छ। तर, आज यतिका वर्षसम्म न यसलाई लागू गर्न सकियो नत संशोधन, अध्ययनमा नै सीमित भएकाे छ। सही दिशा भएन भने बीमा सफल र दिगो हुँदैन। एउटा नारामा सिमित भएर जान्छ। राजनैतिक चासाेकाे विषयमा मात्र पर्छ हाेला। त्यसैले गर्दा सही दिशाबाट जानुपर्छ। हामी जहाँ पैसा, व्यवसाय छ। त्यही जाने हो, त्यसैले व्यवसाय दिगो र नाफायोग्य हुनुपर्छ। व्यावसायिक संस्थाहरूले दिगोपना र स्थिरता पनि हेर्छन्।
तीनवटा प्रडक्ट जुन मेरो कम्पनीबाट जान्छ। एउटा हामी कर्पोरेट क्षेत्र र अर्काे शुद्ध हस्पिटलाइजेसन मात्रै र अर्को हस्पिटलाइजेसनमा पनि डाेमिस लिएर फाइदा राखेर पनि बेच्छाैँ। डोमिसले मात्रै कर्पोरेट क्षेत्रमा बेच्ने हो,भने घाटा रेसियो सत प्रतिशत छ। तर, अरु व्यवसायले गर्दा टिकिरहेकाे छ। यसमा इन्भेष्टमेन्ट रिटर्न होला त्यसमा ‘प्राइसिङ’ हेर्छ हेर्दैन। तर, हस्पिटलाइजेसनमा नेपाल र इन्डियामा पनि नेपालका ठुला-ठुला हस्पिटलहरुसँग बेच्छौँ। त्यसमा याे उमेरसँग यति भनेर ‘प्राइसिङ’गरिएको हुन्छ। जसभन्दा तल जानु हुँदैन। त्यहाँ उठेका सबै कुराहरु कार्यान्वयन गर्न सजिलो छैन। एक त हामीलाई बीमा गर्ने मान्छे नै खोज्न आवश्यक छ। आजको दिनमा जुन मूल्यमा हामीले ‘प्राइसिङ’ राइट पेबाट गरेका छौं। निश्चित स्वास्थ परीक्षण गराएर गर्छाैँ।

हाम्रो स्वास्थ्य क्षेत्रमा सरकारको ‘हेल्थ सर्भिस प्रोभाइडर्स’ हरु निगरानीमा छैनन्, कि जस्तो पनि लाग्छ। जुन किमिमले बिलहरु आउछ औषधि पसलहरुमा बिल जस्तो खोजेको त्यस्तो आउछ। बीमा क्षेत्रका डाक्टरहरुले समेत उनीहरुले जे खोजेको त्यस्मै हस्ताक्षर गर्छन्। यसमा सबैले आफ्नो ठाँउबाट जिम्मेवारी हुनुपर्छ। जुन किसिमले बिलहरु आँउछ त्यसले गर्दा विश्वासको संकट छ। उपभोक्तामा कम्पनीले तिर्दैन कि भन्ने एउटा विश्वासको संकट छ। जुन बिल आउँछ त्यो ठिक हो कि होइन भन्ने विश्वासको संकट छ। यस्तो संकटले जहिले पनि एउटा समस्या उब्जाइरहेको छ। यसको लागि सामाजिक सुरक्षाले गर्ने हेल्थ इन्स्योरेन्स, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सञ्चय कोष, नागरिक लगानी कोषले दिएको हेल्थ इन्स्योरेन्स यी सबैलाई एक पटक रोक्नुपर्छ।
आजको दिनमा ‘प्राइसिङ’गर्न पर्याप्त आधार छैनन्। इन्स्योरेन्स गर्नलाई क्रयशक्ति छैन। सरकारले पनि विश्वास गर्न सक्ने अवस्था छैन, त्यसैले विश्वासको संकट छ। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा कुन रोगको पैसा कति भनेर राखिएको छ। तर, त्यतिमात्र पर्याप्त छैन। अहिलेको स्वास्थ्य बीमा भएका प्रणाली छदैँछ। तर, त्यसलाई कट अफ राखेर एउटा स्ट्यान्डर्ड प्रडक्ट ल्याएर सबैले त्यसलाई प्राक्टिस गर्न सकिन्छ। इन्स्योरेन्स कम्पनीहरुले एउटा पुल नै बनाएर पनि जान सक्छन्, तर त्यो आम जनमानसको लागि हो। अहिले कष्ट पनि त्यही अनुसार बढेको छ। यो किसिमको समस्यालाई पार गर्नका लागि सरकारले सक्दैन, जसको लागि प्राइभेट प्लेयर्सले नै आएर गर्ने हो। जसको लागि विश्वासको वातावरण बनाउन आवश्यक छ। (शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले तेस्राे नेशनल इन्स्याेरेन्स डिस्काेर्शकाे चाैथाे सत्र ‘स्वास्थ्य सेवाको पहुँच, नेपालमा स्वास्थ्य बीमाको भविष्य’ विषयक सत्रमा राखेकाे विचारमा आधारि)





About Us
प्रतिक्रिया