साताको सुन कारोबार: २३ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख नाघ्यो


काठमाडौं – पछिल्लो समय निरन्तर बढ्दै आएको सुनको मूल्यले यो साता पनि सोही क्रमलाई निरन्तरता दियो। यो साता सुनको मूल्य समग्रमा २३ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख रुपैयाँ नाघ्यो। यो साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला ६ सय रुपैयाँले बढ्दै २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो।

यस्तै, आइतबारको तुलनामा सोमबार सुन प्रतितोला चार हजार दुई सय रुपैयाँले बढ्दै दुई लाख ७८ हजार रुपैयाँ पुग्यो। आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार पनि बढ्दै प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ पुग्यो। यस्तै, बुधबार भारी रकम अर्थात् १० हजार चार सय रुपैयाँले महँगिँदै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा काराेबार भयाे।

यस्तै, बुधबार प्रतितोला १० हजार चार सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने दुई हजार नौ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भयो। शुक्रबार पुनः भारी रकम अर्थात् तोलामा ९ हजार २ सयले बढ्दै प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४ रुपैयाँमा कारोबार भयो।