काठमाडौं – इन्स्योरेन्स डिस्कोर्शबाट उठान भएका विषयहरूले बीमा क्षेत्रको विकासमा सहयोग गर्नेछ। निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र सुधार हुन्छ। अर्थतन्त्र बलियो भए मात्रै मुलुक सुदृढ हुन्छ। हामीले अर्थतन्त्रकाे विषयमा गहन छलफल गर्न आवश्यकता छ।
बीमा अर्थतन्त्रको महत्त्वपूर्ण अङ्ग हो। त्यसैले डिस्कोर्श बीमा क्षेत्रको विकास, बजार तथा रणनीति, बीमा क्षेत्रमा प्रविधि तथा नेपाली पुनर्बीमाको सीमा बिस्तारमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा नीतिगत, प्रक्रियागत एवं व्यवहारमुखी विषयहरूमा उठाउनुहुनेछ भन्ने विश्वास लिएको छु। साथै यस डिस्कोर्शबाट आएका सुझावहरूलाई लिपिबद्ध गरी सरोकारवाला निकाय, नियामक निकाय र छाता संगठनलाई पनि उपलब्ध गराउनु हुनेछ भन्ने आशा राखेको छु।
यसै क्षेत्रमा काम गर्दै आएका कारण पनि बीमा क्षेत्रको महत्वका बारेमा हामीलाई थाहा नै छ। नेपालजस्तो मुलुकलाई बीमाले धेरै सहयोग गर्न सक्छ। बीमा क्षेत्रमा प्रविधिको प्रयोग गरेर अझ इनोभेटिभ बनाउने काममा लाग्नुपर्ने छ।
(नेपाल उद्योग परिसंघ अध्यक्ष पाण्डेले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शमा राखेको मन्तव्यमा आधारित)





About Us
प्रतिक्रिया