काठमाडौं – इन्स्योरेन्स डिस्कोर्शमा सहभागी भएर बीमा क्षेत्रलाई नीतिगत तहमा कसरी अगाडी बढाउने र बीमाको जनचेतना कसरी फैल्याउने भन्ने विषयमा विभिन्न सत्रहरूमा छलफल गर्दैछौं। जसले बीमा क्षेत्रलाई अघि बढ्न केही सहयोग गर्छ।आयोजकले डिस्कोर्शमा भएका छलफललाई रिपोर्टको माध्यमबाट सरकारसम्म पुर्याउँदै आएको छ। जसबाट नीतिमा केही विषयहरू समेटिएका छन्।
बीमाको आवश्यकताका विषयमा घटना घटिसकेपछि मात्रै महसुस गर्ने प्रवृत्ति छ। जेनजी आन्दोलनबाट जुन क्षति भयो जसपछि सरकारले समेत महसुस गरेको छ। घटना घटिसकेपछि बीमाको आवश्यकता महसुस गर्ने प्रवृत्तिलाई फेर्नुपर्नेछ। इन्स्योरेन्स डिस्कोर्शले त्यसलाई अझ बढी प्राथमिकतामा राख्नेछ।
विशेष गरी, जीवन बीमा कम्पनीहरू कन्भेन्सन हिसाबले इन्भेस्टमेन्ट प्रडक्टहरू बढी बेच्ने, प्रोटेक्सन प्रडक्टमा अघि बढिरहेका छौँ। हाम्रो देशको भूगोलका हिसाबले पनि प्रडक्ट महँगो हुने गरेको छ। जसका लागी डिजिटल सोलुसनहरू सस्तो हुन सक्छ। त्यसका लागी हामी कसरी अघि बढ्न सक्छौँ भन्ने विषयमा छलफल गर्नुपर्ने छ।
जोखिम कम गर्नका लागी विकसित देशहरूले प्रयोग गरेका साधनहरू के कस्ता छन् र त्यसलाई हामीले कसरी अँगाल्ने भन्ने विषयमा छलफल हुनेछ। यतिबेला नेपालका बीमा कम्पनीहरू संसारका राम्रा अभ्यासहरूलाई अँगाल्न सक्ने क्षमतामा छन्। जसका लागी यस डिस्कोर्श एक माइलस्टोन बन्न सक्छ।
बीमा कम्पनीमा बिजनेस र सर्भिस पाटो हुन्छ। विशेष गरी, सर्भिस पाटोलाई इन्ह्यान्स गर्न सर्भिस दाबी भुक्तानीलाई अब्बल बनाउन र सर्वसाधारणको दृष्टिकोण परिवर्तन गर्न एउटा इकोसिस्टम बनाउनुपर्ने छ। बीमा कम्पनीले मात्रै सर्भिस दिन खोजेर हुँदैन।
बैंकहरुसँग सहकार्य, सुरक्षा निकायसँग सहकार्य, सरकारी संयन्त्रसँग विवरण लिने र स्वास्थ्य सिस्टमसँग स्वास्थ्यको विवरण लिने विषयमा एक इकोसिस्टम बनाउन सके विकसित देशमा इन्स्योरेन्सलाई राम्रो तरिकाले ग्राहकसमक्ष लगिएको उदाहरण छ त्यसलाई हामीले आत्मसाथ गर्नुपर्ने छ। जसका लागी हामीले इकोसिस्टममा काम गर्नुपर्नेछ। बीमालाई राम्रो बनाउँदै लैजान सबै निकाय लाग्नुपर्ने अवस्था छ। तर, यसमा हामीलाई केही चुनौती पनि छन्।
(सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पौडेलले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शले २०२६ मा राखेकाे मन्तव्यबाट आधारित)





About Us
प्रतिक्रिया