काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावा सुन २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मल्य पनि तोलामा ५० रुपैयाँले घटेर ५ हजार ८७० रुपैयाा कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया