काठमाडौं – खल्ती वाईआइएमइका प्रमुख कार्यकारी अधिकृत पेका (सीईओ) प्रवीण रेग्मीले बीमा कम्पनी र बैंक मिल्न सके उधारोमा पनि इन्स्योरेन्स सम्भव रहेको बताएका छन्।
बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित इन्स्योरेन्स डिस्कोर्शको चौथो सत्र ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयकमा छलफल गर्दै उनले यस्तो बताएका हुन्।
उनले बीमा कम्पनी र बैंक मिल्न सके उधारोमा पनि इन्स्योरेन्स गर्न सम्भव भएको बताएका हुन्। उनले नीति नै परिवर्तन गर्न पनि तयार हुनुपर्ने बताएका हुन्। उनले भने,‘ऋण दिने बैंक र बीमा गर्ने बीमा कम्पनी पनि तयार भए उधारोमा इन्स्योरेन्स सम्भव छ।’
यस सत्रको वक्ताहरुमा सीईओ रेग्मीसँगै सूर्य ज्योतिका सीईओ प्रकाश विक्रम खत्री, फोन पेका सीईओ दिवस सापकोटा, युनाइटेड अजोड इन्स्योरेन्सकी कार्यवाहक सीईओ रेना रिजाल रहेकी छिन्।







About Us
प्रतिक्रिया