बीमा गरेपछि दाबी भुक्तानी नपाउने भन्ने हुँदैनः कार्यवाहक सीईओ रिजाल


काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्सकी कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रेना रिजालले बीमा भन्ने बित्तिकै दाबी भुक्तानी नदिने भन्ने विषय उठेको बताएकी छिन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित इन्स्योरेन्स डिस्कोर्शकाे चौथो सत्र ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयकमा छलफल गर्दै यस्ताे बताएकी हुन्।

साथै, उनले बैंकहरूले बीमा गर्दा भ्यालुएसनको आधारमा गर्नुपर्ने बताएकी छिन्। नवप्रवर्द्धनको प्रयोग गर्दै इन्स्योरेन्सको जनचेतना फैलाउनुपर्ने उनले बताएकी हुन्।

यस सत्रकाे वक्तामा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रेना रिजालसँगै सूर्य ज्योतिका सीईओ प्रकाश विक्रम खत्री, फोन पेका सीईओ दिवस सापकोटा र खल्ती वाइ आईएमईका सीईओ प्रवीण रेग्मी रहेका छन्।

Skip This