काठमाडौं – बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा राष्ट्रियस्तरको बीमा बहस ‘तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६’ सम्पन्न भएको छ। बुधबार काठमाडौंको याक एन्ड यति होटलमा रिलायबल नेपाल लाइफकाे मुख्य प्रायोजनमा बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुकाे उपस्थितिमा डिस्कोर्श सम्पन्न भएको हाे।
डिस्कोर्शको पहिलो सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’ विषयको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, मेट लाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ रहेका थिए।




यस्तै, डिस्कोर्शको दोस्रो सत्रमा भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण विषयकमा वक्ताको रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–सचिव डा. भिम प्रसाद सापकोटा, बीमा प्रधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारी, सालिकोका सीईओ चंकी क्षेत्री र हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ अन्जु श्रेष्ठ सहभागी थिए।

तेस्रो सत्र स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य विषयकमा छलफलका नेपाल बीमा प्रधिकरणका निर्देशक शम्भराज लामिछाने, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डे, नेपाल मेडिसिटीका सीईओ डा. अमित तोमर र सिंगापुरका प्रोफेसर इयान लिम सहभागी थिए।

चौथो सत्र ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयकमा सूर्य ज्योतिका सीईओ प्रकाश विक्रम खत्री, फोन पेका सीईओ दिवस सापकोटा र खल्ती बाइ आईएमईका सीईओ प्रवीण रेग्मी र युनाइटेड अजोड इन्स्योरेन्सकी कार्यवाहक सीईओ रेना रिजाल सहभागी थिए।

डिस्कोर्शमा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल भएकाे छ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्रसँग जोडिएर योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठसँग छलफल भएको छ। डिस्कोर्शमा सिंगापुरको लेक्सास्योर फाइनान्सियल ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इयान लिम सहभागी पनि सहभागी भएका थिए।


यस्तै, ‘स्पेसल डुओलग’ बीमाको अर्थशास्त्र विषयमा छलफलका लागि योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठ सहभागी रहेका थिए।


यस्तै, डिस्कोर्शको पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेका थिए। यसैगरी डिस्कोर्शको सपोर्टटेड वाइमा बीमा कम्पनीहरुमा सिटिजन लाइफ, एनएलजी इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, प्रभु इन्स्याेरेन्स, शिखर इन्स्याेरेन्स रहेका थिए। यस्तै, तपस्या विजनेश म्यानेजमेन्ट र शिखर प्रि स्कुल पनि डिस्कोर्शकाे सपोर्टटेड वाईमा आबद्ध थिए।







About Us
प्रतिक्रिया