काठमाडौं – नेपालमा बैंकासुरेन्स सुविधा खुलाउन समन्वयात्मक ढंगले पहल गर्नेमा नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणबीच एकमत देखिएको छ। बुधबार काठमाडौंमा आयोजित तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्समा केन्द्रिय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र प्राधिकरणका निर्देशक निर्मल अधिकारीले आगामी दिनमा यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।कार्यकारी निर्देशक पौडलले बैंकासुरेन्सलाई खुलाउने गरि छलफल गर्न राष्ट बैंक तयार रहेको बताए। त्यस्तै, सबै स्टेक होल्डरले समस्या समाधान खोजेर बैंकसुरेन्स खुलाउन पहल गर्ने प्राधिकरणका निर्देशक अधिकारीको भनाइ छ।
गुरुप्रसाद पौडेल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
हामीले अहिले अवलम्बन गरेको बैंकिङ्ग सिस्टम युनिभर्सल होइन । सेग्मेन्टेड खालको सिस्टम अवलम्बन गरिरहेका छौं। इन्स्योरेन्स कम्पनीलाई अलग्गै नियमनकारी निकाय छन् । एउटा नियमनकारी निकायले अर्को नियमनकारी निकायअन्तर्गतको प्रडक्टलाई कसरी रेगुलेट गर्ने भन्ने विषय आउँछन्। बैंक तथा वित्तीय संस्थाले अभिकर्ता भएर बीमाको पोलिसी बेच्दा केही गुनासा आएका थिए। प्राधिकरणले रेगुलेट गर्नुपर्ने विषयमा राष्ट्र बैंकले समन्वय गर्नुपर्ने हुन्छ। यसमा पनि कुनै दुविधा नहोस् भनेर बैंकस्सोरेन्स बन्द गरिएको छ । बैंकको च्वाइसमा बीमा लिने की ग्राहकको इच्छाअनुसार लिने हो भनेर बहस गर्नुपर्छ । बैंकले एमओयु गरेका आधारमा बीमा लिनुपर्ने हुँदा मिससेलिङ वा फोर्ससेलिङ हुने जोखिम नहोस्, स्वार्थको द्वन्द्व नहोस् भनेर हो।‘

वास्तवमा सैद्धान्तिक विचलन आउँला की भन्ने छ । समन्वयात्मक ढंगले अघि बढ्न सकिन्छ भन्ने विषयमा साझा धारणा अवलम्बन गर्ने हो । गर्नै नहुने काम होइन । सबैभन्दा ठूलो समस्या रेगुलेसन र सुपेरिवेक्षण हो । बैंकले ल्याउने प्रडक्टमा राष्ट बैंकले रेगुलेसन गर्छ । इन्स्योरेन्स प्रडक्टमा प्राधिकरणले कसरी गर्छ भन्ने हो । १० वर्षसम्म चलाएर स्थगन गरिएको विषय हो । सोच्नै नसक्ने त विषय होइन । साबिककै प्रडक्टलाई जसरी बेच्न खोजिएको थियो, प्रिमियमका आधारमा कमिसनलाई टाइ अप गर्न खोजिएको थियो । च्वाइस पनि दिइएन । कुनै पनि चिया पसलमा जाँदा दूधको चिया नै खानुपर्छ भने जस्तो थियो । बैंकले दिने ऋणको हकमा कोलेटरलको बीमा गरिँदै आएको छ । बैंकास्यारेन्स गर्नै नहुने विषय होइन ।
निर्मल अधिकारी, निर्देशक नेपाल बीमा प्राधिकरण
कसरी रोकियो त यो भन्दा बैंकको नियामक राष्ट्र बैंक छ बीमाको प्राधिकरण छ। कहीँ कतै समन्वयको अभावमा यस्तो अवस्था आएको हो। बैंकका कर्मचारीले के-के मापदण्ड अवलम्बन गर्ने भन्ने तय गरेर अघि बढ्नुपर्छ। बैंकास्सोरेन्स खुलाउन कानुनी बाधा छैन। तर, अहिले नै खुल्छ भन्ने छैन।

यो सत्रमा छलफलका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल, नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, मेट लाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ सहभागी छन्।
सुजितकुमार शाक्य, प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंक
दुईवटा नियामक निकायले समन्वय गरेर अघि बढेर गयौं भने फोर्स सेलिङ र मिस सेलिङको जोखिम कम हुन्छ। सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्छ। जति बेला बैंकास्योरेन्स कार्यान्वयनमा थिए, दीर्घकालीन सोच नराख्दा बन्द हुनुपर्यो । इन्सेन्टिभको कुरा पनि आएको छ । बैंकले आफ्नो मुल काम भूलेर बैंकास्योरेन्समा लाग्नु नपरोस् । यसमा ध्यान दिनुपर्छ । बैंकका सबै स्रोत बैंकास्योरेन्समा लगाउनु नपरोस् । यसले अनुशासन कायम राख्नसक्छ ।

राज कुमार अर्याल, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स
दुई वटा नियामकको क्षेत्राधिकारमा पर्ने विषयमा समन्वयात्मक ढंगले कसरी नियमन गर्ने भनेर अघि बढ्नुपर्छ । सर्भिस दिने कसले रु बैंकका कर्मचारीले दिने की इन्स्योरेन्सका कर्मचारीले दिने भन्ने अन्योलता छ। फोर्स सेलिङ र मिसङ सेलि को गुनासोपछि यो बन्द भएको थियो । नियमनको पाटो टुंगो लगाएर अघि बढ्नुपर्छ।








About Us
प्रतिक्रिया