काठमाडौं – हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले बीमा कम्पनीले बीमा दाबी गर्दैन भन्ने गलत भाष्य सिर्जना भएको बताएकी छिन्। तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्र भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण सत्रमा सत्रमा छलफल गर्दै इन्स्योरेन्स कम्पनीहरुले बीमा दाबी दिन ढिलाइ नगर्ने बताएकी हुन्।
सीईओ श्रेष्ठले भनिन्,‘हामी क्लेम तिर्छौं । प्रोमिस बेचेर सर्टेन नाफा कमाउने हो। बाढीपहिरो हुँदा पनि त्यत्रो क्षतिमा पनि क्लेम गरेका छौं । काम देखाएर विश्वास जित्ने हो। डकुमेन्टमा केही समय लाग्न सक्छ। तर, क्लेम नतिर्ने भन्ने हुँदैन । हामीले ग्राहक पोर्टल बनाएका छौँ । ग्राहकको क्लेम कहाँ पुग्यो हेर्न मिल्छ । क्लेमको प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ । हाम्रो फोकस दाबी भुक्तानीमै हो।’
यस सत्रमा वक्ताको रुपमा सीईओ श्रेष्ठसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–सचिव डा. भिम प्रसाद सापकोटा, बीमा प्रधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारी, सालिकोका सीईओ चंकी क्षेत्री रहेका छन्।







About Us
प्रतिक्रिया