स्वास्थ्य बीमा बोर्डलाई डिजिटल प्लेटफर्ममा परिणत गर्ने तयारी भइरहेको छः सह–सचिव सापकोटा


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–सचिव डा‍‍. भिम प्रसाद सापकोटाले स्वास्थ्य बीमा बोर्डलाई डिजिटल प्लेटफर्ममा बोर्डलाई परिणत गर्ने तयारी भइरहेको बताएका छन्।

तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्रमा भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण सत्रमा सत्रमा छलफल गर्दै उनले सो बताएका हुन्।

सापकोटाले भने,‘स्वाथ्य बीमा बोर्डलाई डिजिटल प्लेटफर्ममा परिणत गर्ने तयारी भइरहेको छ। दुई तीन महिनाभित्र गर्ने गरि तयारी गरेका छौं। त्यसमा डिजिटल प्लेटफर्मममा बोर्डलाई जोड्ने प्रमुख काम हो। ’साथै, सापकोटाले स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएकाले मन्त्रालयले यसलाई सुधार गर्न पहल गरिरहेको बताए।

यस सत्रमा वक्ताको रुपमा डा‍‍.सापकोटासँगै, बीमा प्रधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारी, सालिकोका सीईओ चंकी क्षेत्री र हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ अन्जु श्रेष्ठ वक्ताका रूपमा रहेका छन्।

Skip This