बैंकासुरेन्स खुलाउन कानुनी बाधा छैनः निर्देशक अधिकारी


काठमाडौं – नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बैंकासुरेन्स खुलाउन कानुनी बाधा नरहेको बताएका छन्। तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकत’ छलफल गर्दै बैंकासुरेन्स खुलाउन कानुनी बाधा नरहेकाे औँल्याएका हुन्।

उनले भने,‘बैंकको नियामक राष्ट्र बैंक छ बीमाको प्राधिकरण छ। कहीँ कतै समन्वयको अभावमा यस्तो अवस्था आएको हो। बैंकका कर्मचारीले के के मापदण्ड अवलम्बन गर्ने भन्ने तय गरेर अघि बढ्नुपर्छ। बैंकास्सोरेन्स खुलाउन कानुनी बाधा छैन। तर अहिले नै खुल्छ भन्ने छैन।’

यो सत्रमा छलफलका लागि निर्देशक अधिकारीसँगै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल ,एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, मेट लाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ सहभागी छन्। यस सत्रको मध्यस्थकर्तामा सञ्चारकर्मी टिकाराम यात्री रहेका छन्।