अमेरिका र युरोपबीचको तुनावले सुनको मूल्य ‘अल टाइम हाइ‘, एकैदिनमा १० हजार चार सयले बढ्यो


काठमाडौं- नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १० हजार चार सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ लाख ८४ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार २ लाख ९५ हजार एक सय रुपैयाँ कायम भएको छ । ग्रीनल्यान्डलाई लिएर अमेरिका र युरोपियन युनियन (ईयु) बीच तनाव बढेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४ हजार ८ सय अमेरिकी डलर पुगेको छ । यो ऐतिहासिक रुपमै उच्च मूल्य हो । त्यसबाहेक अमेरिकी डलर पनि कमजोर देखिएको छ । चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको छ । मंगलबार प्रति तोला पाँच हजार ८ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार पाँच हजार ९ सय २० रुपैयाँ कायम भएको छ ।

Skip This