काठमाडौं – अर्थसचिव घनश्याम उपाध्यायले इन्योरेन्स डिश्कोर्सले आगामी आर्थिक वर्षको वित्तीय नीति र मौद्रिक नीति तर्जुमाको क्रममा सहयोगी भूमिका खेल्ने बताएका छन् । बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजना भइरहेकाे तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै डिश्कोर्शको निष्कर्षले वित्तीय नीति र मौद्रिक नीति तर्जुमाको क्रममा सहयोगी भूमिका खेल्ने बताएका हुन्।
उनले भने‘ हामीलाई डिश्कोर्शले सरकारी भौतिक संरचनाको विषयमा थप सचेत गराएको छ । हामीले यसपाली सार्वजनिक सवारीसाधनको बीमाको सुरुवात गरिसकेका छौं। आगामी दिनमा भौतिक संरचनाको बीमालाई निरन्तरता दिनेछौँ। यसले इन्स्यारेन्स क्षेत्रको दायरा विस्तारमा सहयोग पु¥याउछ।’
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श काठमाडौंको याक एण्ड यति होटलमा सञ्चालन भइरहको छ।यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ।







About Us
प्रतिक्रिया