पछिल्लो समय बीमाको दायरा विस्तार भइरहेको छ: सीईओ लोहनी


काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायण बाबु लोहनीले बीमा क्षेत्रकाे दायरा विस्तार भइरहेकाे बताएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा भइरहेकाे तेस्राे नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै उनले पछिल्लो समय बीमा दायरा विस्तार भइरहेको औल्याएका हुन्।

उनले भने ‘विस्तारै बीमाको इस्यु देखिन थालेको छ। डिस्कोर्समा उठेका विषय सम्बोधन हुन थालेका छन् । अर्थ मन्त्रालय, राष्ट्र बैंक र बीमा प्राधिकरणलाई धन्यवाद दिनुपर्छ। हिजोको दिनमा फाइनान्सियल इन्स्ट्रुमेन्टमा लगानी गर्नुपरेको थियो। आज मर्चेन्ट कम्पनीहरूमा पनि लगानी भइरहेको छ।’

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शकाे पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको छ।

डिस्कोर्शमा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This