काठमाडौं – आफू लिएको कर्जाको सदुपयोग गरी बैंकिङ्ग कसुरबाट बच्न नेपाल राष्ट्र बैंकले सर्वसाधरणलाई सुझाव दिएको छ।राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।
‘कर्जाको दुरुपयोग बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ्ग कसुर भएको मानिन्छ’, केन्द्रीय बैंकले भनेको छ, ‘यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५ को उपदफा २ मा भएको व्यवस्थाअनुसार बिगो भराई बिगो बमोजिमको जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजायसमेत हुन सक्छ।’
कर्जा लिने व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो। सोही प्रयोजनमा मात्र कर्जाको प्रयो गर्नुपर्ने राष्ट्र बैंकले सचेत गराएकाे छ। तोकिएको प्रयोजनमा नलगाई अन्य प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्न नहुने राष्ट्र बैंकको भनाइ छ।






About Us
प्रतिक्रिया