काठमाडौं – आज माघ ६ गते विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो।
सो आईपीओमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसमध्ये ४६ हजार ६८१ जनाले १० कित्ताका दरले संस्थको शेयर प्राप्त गरेका छन्।
सोहीमध्येका ७ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। बाँकी सबै आवेदकको हात खाली भएको छ।





About Us
प्रतिक्रिया