यूनाइटेड अजोड इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारीमा रेना रिजाल


काठमाडौं – यूनाइटेड अजोड इन्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु) सीईओको जिम्मेवारी दिएको छ।

कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सो पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले राजीनामा दिएसँगै रिजाललाई सो पदको जिम्मेवारी दिएको हो। गौतमले दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत भइसकेकाे छ।

Skip This