तेस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६’ को सम्पूर्ण तयारी पूरा, बैंकिङ्ग समाचारबाट प्रत्यक्ष प्रसारण हुने


काठमाडौं – तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ काे सम्पूर्ण तयारी सकिएको छ। भोलि अर्थात् माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको तयारी सम्पन्न भएको हो।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स याक एण्ड यति होटलमा हुनेछ। यस्तै, डिस्कोर्शको पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

डिस्कोर्शमा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डप्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलका अनुसार डिस्कोर्शको उद्घाटन अर्थसचिव डा. घनश्याम उपाध्यायले गर्नेछन्। कार्यक्रमको बैंकिङ्ग समाचारको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।