यूनिक नेपाल लघुवित्तको कामु सीईओमा आले नियुक्त


काठमाडौं – यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी (कायमुकायम सीईओ) मा हिरा बहादुर आले नियुक्त भएका छन्।

संस्थाको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नायव कार्यकारी प्रमुख पदमा कार्यरत आले सो पदमा नियुक्त भएका हुन्। उनलाई अर्काे व्यवस्था नभएसम्म माघ ५ गतेदेखि लागूहुने गरी सो पदमा नियुक्त गरेको हो।

यसअघि संस्थाको प्रमुख कार्यकारी अधिकृत सीईओ डा गोपाल दहितले सीईओबाट राजीनामा दिएका थिए। उनको राजीनामा माघ ५ गते बसेको सोही बैठकबाट स्वीकृत भएसँगै कावामा आले नियुक्त भएका हुन्।