काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को चौथो सत्रमा वक्ताका रुपमा युनाईटेड अजोड इन्स्योरेन्सकी डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाल सहभागी हुने भएकी छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयक चौथो सत्रमा खत्री सहभागी हुने भएकी हुन्।
सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीकी उप–महाप्रबन्धक (डीजीएम) रहेकी रिजाल यूनाइटेड अजोडको डीसीईओमा नियुक्त भएकी थिइन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीएको उपाधि हासिल गरेकी रिजालले २०५७ सालदेखि जागिर सुरु गरेकी थिइन्।
रिजालसँग बैंकिङ्ग र बीमा क्षेत्रको २ दशक बढीको अनुभव रहेको छ। तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी रेनाले ९ वर्षपछि कुमारी बैंकमा सहायक प्रबन्धक पदमा आबद्ध भएकी थिइन्। ११ वर्ष काम गरेपछि उनी कुमारी बैंकबाट बाहिरिइन्। करिब ४ वर्षअघि तत्कालीन सानिमा इन्स्योरेन्समा उप-महाप्रवन्धक पदमा आबद्ध भएकी रेना सानिमा र जीआईसी मर्ज भएपछि बनेको कम्पनी सानिमा जीआईसीमा पनि सोही पदमा थिइन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया