काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्रमा वक्ताका रुपमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘भविष्यको मार्गचित्र, आधुनिक जीवनशैलीका लागि बीमा नीतिको पुनर्संरचना’ विषयक दोस्रो सत्रमा देवकोटा सहभागी हुने भएका हुन्।
उनले स्वास्थ सेवा विभागको महानिर्देशकको भूमिका समेत निर्वाह गरिसकेका छन्। डा. देवकोटा यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया