इन्स्योरेन्स डिस्कोर्शः आधुनिक जीवनशैलीका लागि बीमासम्बन्धी सत्रमा प्राधिकरणकी निर्देशक पुजन सहभागी हुँदै


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्रमा वक्ताका रुपमा नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारी सहभागी हुने भएकी छिन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘भविष्यको मार्गचित्र, आधुनिक जीवनशैलीका लागि बीमा नीतिको पुनर्संरचना’ विषयक दोस्रो सत्रमा पुजन सहभागी हुने भएकी हुन्।

ढुंगेल बीमा प्राधिकरण तत्कालिन बीमा समितिमा २०६३ साल वैशाकमा सहायक निर्देशकको रुपमा प्रवेश गरेकी थिइन्। सो अघि करिब १ वर्ष बैंकिङ्ग क्षेत्रमा अनुभव बटुलेकी ढुंगेल बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत छिन्। उनले स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हाँसिल गरेकी छिन्।

उनीसँग जीवन तथा निर्जीवन बीमालेख निर्माण तथा स्वीकृति, बीमांकीय मूल्यांकन, लघुबीमालेख निर्माण तथा स्वीकृति, कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्य, बीमा दर सम्बन्धी कार्य, बीमा विकास तथा प्रवर्द्धन सम्बन्धी कार्य, बीमांङ्की नियुक्ति तथा सम्बन्धी कार्य गरेको अनुभव छ।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ।

यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This