काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को तेस्राे सत्रमा वक्ताका रुपमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘स्वास्थ्य सेवाको पहुँच, नेपालमा स्वास्थ्य बीमाको भविष्य’ विषयक सत्रमा पाण्डे सहभागी हुने भएका हुन्।
पाण्डेसँग बीमा क्षेत्रमा तीन दशक लामो अनुभव छ। हाल उनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सीईओको रूपमा कार्यरत छन्। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेस्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए। व्यावसायिक क्षमता र टिमवर्कमा दृढ विश्वासले उनलाई स्थानीय र अन्तर्राष्ट्रिय बजारमा अनुभव प्राप्त गर्न मद्दत गरेको देखिन्छ।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया