इन्स्योरेन्स डिस्कोर्शः स्वास्थ्य बीमाको भविष्यसम्बन्धी सत्रमा प्राधिकरणका निर्देशक लामिछाने सहभागी हुने 


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को तेस्राे सत्रमा वक्ताका रूपमा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘ स्वास्थ्य सेवाको पहुँच, नेपालमा स्वास्थ्य बीमाको भविष्य’ विषयक सत्रमा लामिछाने सहभागी हुने भएका हुन्। 

हाल उनी नियमन महाशाखा नियमन महाशाखाका प्रमुख छन्। बैंकिङ्ग तथा बीमा क्षेत्रमा उनले दुई दशक बिताइसकेका छन्। उनले राष्ट्रिय वाणिज्य बैंकमा पनि काम गरेर अनुभव सँगालेका छन्। त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका उनी एक दशकदेखि बीमा प्राधिकरणमा कार्यरत छन्। 

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस  कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ। 

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This