काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढेको हो।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ। यससँगै चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।





About Us
प्रतिक्रिया