इन्स्योरेन्स डिस्कोर्शको डेभलपमेन्ट बैंकिङ्ग पार्टनरमा कामना सेवा विकास बैंक


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को डेभलपमेन्ट बैंकिङ्ग पार्टनरमा कामना सेवा विकास बैंक आबद्ध भएको छ। बैंकिङ्ग समाचार र न्यूज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुने तेस्रो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शको डेभलपमेन्ट बैंकिङ्ग पार्टनरमा एनआईसी एशिया बैंक आबद्ध भएको हो।

तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शमा राष्ट्रिय स्तरको विकास बैंक आबद्ध भएको हो। रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ।

यस्तै, डिस्कोर्शको पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This