काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्रमा वक्ताका रुपमा सन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘कहिले खुल्छ बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा अर्याल सहभागी हुने भएका हुन्।
उनले कानूनमा स्नातकोत्तर गरेका छन्। बीमा क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गरेका अर्यालले आफ्नो व्यावसायिक करियर नेपाल बीमा प्राधिकरणबाट सुरु गरेका हुन्। नेपालको बीमा नियामक संरचना निर्माण तथा विकासमा महत्वपूर्ण योगदान र्पुयाएका छन्। नियामक अनुभव, कानुनी ज्ञान र प्रभावकारी नेतृत्व क्षमताका कारण उनी बीमा क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित छन्।
अर्यालसँग लामो समयदेखि विभिन्न विश्वविद्यालयमा प्राध्यापकको कार्य गरेको अनुभव छ। बीमा क्षेत्रमा रहेर काम गरिरहेका अर्यालसँग बीमा क्षेत्रको राम्रो अनुभव छ।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, डिस्कोर्शको पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।
यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया