कालिका लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं– कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। संस्थाले आर्थिक वर्ष २०८२\०८३ को लेखापरीक्षण कार्य सम्पन्न गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो।

संस्थाको गत पुस ३० गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले सो कार्यका लागि के.जे. एण्ड एशोसियट्स चार्टड एकाउन्टेन्टस्, पुल्चोक ललितपुरलाई नियुक्त गरेको छ।