इन्स्योरेन्स डिस्कोर्शः बैंकासुरेन्स सम्बन्धि सत्रमा एनआईसी एशिया बैंकका सीईओ शाक्य सहभागी हुँदै


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्रमा वक्ताका रुपमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको ‘कहिले खुल्छ बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा शाक्य सहभागी हुने भएका हुन्।

भारतको नोयडामा कमर्स र बिकमर्स गरेर डिग्री र एमबिए गरेका छन्। नेपाल श्रीलंका मर्चेण्ट बैंकमा ‘इन्टर्न’ सुरु गरेका उनले केही समयपछि ‘ट्रेनी इन्भेष्मेन्ट एनालिस्ट’मा प्रमोसन भए। त्यसपछि उनले हिमालयन बैंकमा पनि रिलेशनसीप अफिसर, रिलेशनसिप मेनेजर लगायतका पदमा बसेर साढे ८ वर्ष बिताए।

त्यससँगै, शाक्य लक्ष्मी बैंक मा पनि काम गरे। त्यसपछि उनी बैंक अफ एशियामा काम सुरु गरे सोहि क्रममा बैंक अफ एशिया एनआईसी बैंकसँग मर्जमा गयो। मर्जरको केही समय उनी हालको एनआइसी एशिया बैंकमा बिताएपछि तत्कालीन सिभिल बैंकमा पुगे र २ वर्ष अनुभव बटुले।

सिभिल बैंकपछि उनले जनता बैंकमा काम गरेका थिए। जनतामा काम गर्दै गर्दा ग्लोबल र जनता मर्जमा गए। त्यसको केही समयमा उनी नबिल बैंक प्रवेश गरे। उनी सिनियर डेपुटी सीईओ बनेका थिए। हाल भने उनी एनआईसी एशिया बैंकमा सीईओ छन्।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This