इन्स्योरेन्स डिस्कोर्शः ‘बीमा नीतिको पुनर्संरचना’ नामक सत्रको मोडरेटरको भूमिकामा सञ्चारकर्मी निकेश खत्री


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्रको सजहकर्ताको भूमिकामा सञ्चारकर्मी निकेश खत्री रहने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो संस्करणको इन्स्योरेन्स डिस्कोर्शमा खत्रीले ‘भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना’ नामक दोस्रो सत्रमा सहजकर्ताको भूमिकामा रहने भएका हुन्।

बैंकिङ्ग समाचार र न्युज अफ इन्स्याेरेन्सका समाचार प्रमुख तथा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का महासचिव समेत रहेका खत्रीले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, बीमा प्रधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारी, सालिकोका सीईओ चङ्की क्षेत्री र  हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ अन्जु श्रेष्ठ वक्ताका रूपमा रहेका छन्। करिब एक दशकदेखि आर्थिक पत्रकारितामा आबद्ध खत्री आर्थिक पत्रकार संघ (नाफिज) का महासचिव समेत हुन्।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँच: नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This