तेस्रो इन्स्योरेन्स डिस्कोर्श : उद्घाटन सत्रमा सीएनआईका अध्यक्ष पाण्डे सहभागी हुँदै


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डे सहभागी हुने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको उद्घाटन सत्रमा पाण्डे सहभागी हुने भएका हुन्।

२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डेले २०७५ देखि परिसंघको उपाध्यक्षका रुपमा कार्यरत थिए। गत असारमा उनी सीएनआईको अध्यक्षमा नियुक्त भएका थिए।

काठमाडौंमा जन्मिएका उनी तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा सक्रिय छन्। सिभिल इन्जिनियरिङ, आवास, सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दक्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका प्रबन्ध निर्देशक हुन्।

उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् । डिस्कोर्श यही वर्ष २०८२ को माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ । यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This