इन्स्योरेन्स डिस्कोर्श: बैंकासुरेन्स सम्बन्धि सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेल सहभागी हुँदै


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्रमा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको ‘कहिले खुल्छ बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा पौडेल सहभागी हुने भएका हुन्।

पौडेलले नेपाल राष्ट्र बैंकमा दुई दशक लामो अनुभव संगालिसकेका छन्। उनी सन् २००२ मा सहायक निर्देशक पदमा राष्ट्र बैंक प्रवेश गरेका हुन्। २१ वर्षको अवधिमा नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा कार्यभार सम्हालिसकेका उनी हाल राष्ट्र बैंकको प्रवक्ताको भूमिकामा छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा एमफिल र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन्। आफ्नो अनुभव र ज्ञान बढाउनका लागि उनले अन्तर्राष्ट्रियस्तरमा धेरै तालिम र सेमिनारमा भाग लिएका छन्।

बैंकिङ्ग समाचारको आयोजना रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ । जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।