बैंकासुरेन्स कार्यान्वयनमा दीर्घकालीन सोच नराख्दा समस्या देखिएको होः सीईओ शाक्य


काठमाडौं – एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले बैंकासुरेन्स कार्यान्वयनमा दीर्घकालीन सोच नराख्दा समस्या देखिएको बताएका छन्। तेस्रो नेशनल इन्स्योरेन्स डिश्कोर्सको पहिलो सत्र बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता सत्रमा छलफल गर्दै उनले बैंकासुरेन्स कार्यान्वयनमा दीर्घकालीन सोच नराख्दा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका हुन्।

उनले भने,’जति बेला बैंकासुरेन्स कार्यान्वयनमा थिए, दीर्घकालीन सोच नराख्दा बन्द हुनुपर्यो। इन्सेन्टिभको कुरा पनि आएको छ। बैंकले आफ्नो मुल काम भूलेर बैंकासुरेन्समालाग्नु नपरोस्। यसमा ध्यान दिनुपर्छ। बैंकका सबै स्रोत बैंकासुरेन्समालगाउनु नपरोस्। यसले अनुशासन कायम राख्नसक्छ।’

यो सत्रमा छलफलका लागि (सीईओ) शाक्यसँगै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल, नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, मेट लाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ सहभागी छन्। यस सत्रको मध्यस्थकर्तामा सञ्चारकर्मी टिकाराम यात्री रहेका छन्।

Skip This