काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को एउटा सत्र चर्चित सञ्चारकर्मी टिकाराम यात्रीले गर्ने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेकाे इन्स्योरेन्स डिस्कोर्शका चार सत्रमध्ये सञ्चारकर्मी यात्री पहिलो सत्रकाे मोडरेटरको भूमिका निर्वाह गर्ने भएका हुन्। उनले बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता विषयक सत्रमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछन्।
यो सत्रमा छलफलका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल, नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, मेट लाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ सहभागी हुनेछन्।
पछिल्लाे समयमा जनप्रीय प्रस्ताेताका रूपमा परिचित यात्रीले रेडियो टेलिभिजन लगायतका आसमञ्चारका माध्यममा दुई दशकभन्दा बढी बिताइसकेका छन्। हाल उनले आफ्नै नेतृत्वमा ‘कठघरा’ नामक कार्यक्रम चलाइरहेका छन्। यसअघि उनले ‘तमसोमा ज्योतिर्गमय’ नामक कार्यक्रम सञ्चालन गरेका थिए।
झापाको गौरादहमा जन्मिएका यात्री एपीवान एचडी टेलिभिजनका पूर्व प्रधान सम्पादक हुन्। राजनीति शास्त्रमा स्नातकोत्तर गरेका यात्री विश्व राजनीति, अर्थव्यवस्था, पूर्वीय दर्शनमा समेत रुचि राख्छन्। यात्री २०१८ मा विश्व युवा शान्ति पुरस्कारबाट समेत सम्मानित भएका थिए।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ । यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया