काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा अर्थ सचिव डा. घनश्याम उपाध्याय सहभागी हुने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको उद्घाटन सत्रमा अर्थ सचिव उपाध्याय सहभागी हुने भएका हुन्।
राजस्व समूहबाट प्रवेश गरेका उनी सहसचिव भएपछि भने अर्थ संरचना बाहिर रहेर काम गरेका थिए। उनले ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन्। उनी २०८० असारमा सचिवमा बढुवा भएका थिए। विभिन्न कर कार्यालय तथा अर्थ संरचनामा काम गरेर अनुभव बटुलेका उनले सचिव भएपछि भने श्रम मन्त्रालयमा समेत काम गरे। हाल उनी अर्थमन्त्रालयकाे सचिवमा कार्यरत छन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ। सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।
यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ । जसमा योजना आयोगका उपाध्यक्ष डा। प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया