काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागी नयाँ एकिकृत निर्देशिका जारी गरेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन, २०८२ जारी गरेको हो ।
न्यूनतम पुँजीकोष सम्बन्धी व्यवस्था कर्जा प्रवाह, वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्थासहित २१ व्यवस्थाहरु कायम गरेको छ । केन्द्रीय बैंकले कर्जाको वर्गीकारणमा कडाइ गरेको छ । केन्द्रीय बैंकले निष्कृय कर्जालाई ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसलमा, ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जालाई शंकस्पद, १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने बताएको हो ।
यस्तै, एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.०० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने बताएको छ ।







About Us
प्रतिक्रिया