सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ६४५ रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबार एक तोला सुन दुई ७८ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो। मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रुपैयमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।