काठमाडौं – नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १२.७८ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनश शेयर रहेको छ।
सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणबाट पारित भएपश्चात् वितरण गरिनेछ।







About Us
प्रतिक्रिया