तेस्रो इन्स्योरेन्स डिस्कोर्श आयोजना हुँदै, मुख्य प्रायोजकमा रिलायबल लाइफ

पाँचवटा विभिन्न सत्रमा बीमासम्बन्धि गहन छलफल हुने


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ आयोजना हुने भएको छ। आगामी माघ ७ गते बैंकिङ्ग समाचार डट्कम र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा इन्स्योरेन्स डिस्कोर्श गर्न लागिएको हो।

यस कार्यक्रममा उद्घाटन सत्रसहित अन्य पाँच सत्रहरु हुनेछ। पाँच सत्रमा बीमा सम्बन्धि गहन छलफल हुने आयोजकले जनाएको छ। बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलकाअनुसार यी सत्रहरुमा जीवन, निर्जीवन, इन्सुरटेक र पुनर्बीमा व्यवसायको विस्तार र प्रर्वद्धनमा सहयोग पुग्ने नीतिगत बहसहरु हुनेछन्।

यस्तै, सत्रगत छलफलबाट निस्किएको निचोडलाई सुझावका रुपमा अर्थमन्त्रालय, बीमा प्राधिकरण लगायत सरोकारवाला निकायमा बुझाईनेछ। जसले बीमासम्बन्धि नीति निर्माण र नियामकीय व्यवस्था निर्माणमा महत्वपूर्ण दस्तावेजका रुपमा प्रयोग गर्न सरकारलाई सहज हुने ढुंगेलले बताए।

यसैगरी, विशेष सम्बोधनका लागि सिंगापुरबाट इयान लिम आउँनेछन्। उनीसँग बीमा क्षेत्रमा काम गरेको तीन दशक लामो अनुभव छ। उनी सिंगापुर इन्स्योरेन्स कलेजमा सन् १९९८ देखि प्रोफेसरका रुपमा आवद्ध छन्।राष्ट्रियस्तरको तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ ले बीमा क्षेत्रका समस्याहरुको समाधान पहिचान गर्नुका साथै बीमा क्षेत्रको अबको बाटो पहिल्याउन सहयोगी भुमिका खेल्ने अपेक्षा गरिएको छ।

बैंकिङ्ग समाचारको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा माग ७ गते तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ आयोजना हुने भएको हो। उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

मुख्यरुपमा सो कार्यक्रममा बैंकासुरेन्स : नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँच : नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तन : नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्र : आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।

Skip This